Malala Speech in Nepali/ Malala Yusufzai speech in Nepali
(This translation is done for academic purpose and is based on the text provided in the NEB text book of Class 11, Nepal) - Rupendra Pokhrel मलालाको मन्तब्य आज लामो समय पछि फेरी बोल्न पाउनु मेरा लागि सौभाग्यको कुरा हो । यहाँ उपस्थित सम्मानित व्यक्तित्वहरु बीच आफुलाई पाउनु मेरो जिवनको महत्वपूर्ण क्षण पनि हो । म मेरो मन्त्वब्य कहाँबाट सुरु गरौं भन्ने मेलो पाइरहेकी छैन । मलाई थाहा छैन मबाट मासिहरुले के सुन्ने अपेक्षा राखेका छन् । जे भए पनि सर्बप्रथम म इश्वरलाई धन्यबाद दिन चाहन्छु जसका अगाडि हामी सबै मानिसहरु समान छौं र ती सबै सज्जनहरुलाई पनि धन्यबाद भन्न चाहन्छु जसले मेरो सिघ्र स्वास्थ्य लाभका लागि र नयाँ जीवनको लागि प्राथना गरिदिनु भयो । म प्रति यति धेरै मानिसहरुले देखाउनु भएको माया म आफैले नै विश्वास गर्न सकिरहे कि छैन । मैले संसार भरीबाट हजारौं शुभकामना कार्ड र उपहारहरु पाएकी छु । उहाँहरु सबैमा कृतज्ञता व्यक्त गर्दछु । धन्यवाद छ ती बालबालीकाहरुलाई जस्का निर्दोष शब्दहरुले मलाई प्रोत्साहन दिए र सबै अग्रज जनहरुलाई पनि जसको प्राथनाले मलाई शक्ति प्रदान...